खबर पूर्वाञ्चल
रनिङ कप अन्तर्गत प्याब्सन छात्र–छात्रा प्रेसिडेन्ट कप भलिबल र यु–१५ फुटबल प्रतियोगिता सुरु गरिएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले गरे ।
उद्घाटन सत्रमा बोल्दै मन्त्री आचार्य खेलकुदलाई पर्यटनसँग जोड्नको लागि पहल गर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश १ खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले स्थानिय सरकारले खेलकुदलाई प्राथमिकता दिन नसकेको गुनासो गरे ।
प्रेसिडेन्टकपमा प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा भएका जिल्ला स्तरीय खेलकुदमा छनोट भएका टिमको सहभागिता रहेको छ । प्याब्सन प्रेसिडेन्ट कप भलिबल प्रतियोगितामा १३ वटा टिमको सहभागी छन । जसमा छात्रको सात वटा र छात्राको ६ वटा टिम सहभागी छन ।
फुटबल प्रतियोगितामा ६ वटा टिमकै सहभागिता रहनेछ । प्रतियोगिता अन्तर्गत फुटबल र भलिबलका क्वाटरफाइनल र सेमिफाइनल चरणका खेलहरु शुक्रबार नै सम्पन्न भएका छन् ।
फाइनल खेल शनिबार हुनेछ । फुटबल प्रतियोगिताको विजेतालाई नगद २१ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टिमलाई नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । भलिबलतर्फ छात्रछात्रा दुवै टिमको विजेतालाई नगद ३१ हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ । उप विजेतालाई नगद २१ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । तेस्रो हुने टिमलाई ११ हजार नगद सहित ट्रफी र मेडल प्रदान गरिने प्याब्सन प्रदेश १ का उपाध्यक्ष सुमित थापाले जानकारी दिए ।