animated ellipse animated ellipse

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०८०, मंगलवार १४:०८
216
Shares
विराटनगर / विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा – ११ का विद्यार्थीहरुको लागि हाजिरी प्रतियोगिता सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी प्रतियोगितामा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन, द्वितीय सुनाखरी सेक्सन र तृतिय जाई सेक्सन भएका थिए ।

विजयी प्रतियोगीहरुले कक्षा १२ को हाजिरी प्रतियोगिताको विजेता टीमसँग पुष ९ गते प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा नवजीत प्रधान, दिपेस भगत, डा. पि.के. झा, भेषराज पोखरेल र डा. मनोज गुप्तालगायतले क्वीज मास्टरको भूमिका निर्वाह गरे ।

मेरिल्याण्ड कलेजले २०८० सालको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार नै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त कृयाकलाप गराउने गरेको कुरा प्रिन्सीपल लक्ष्मण ढकाल बताउँछन् । कार्यक्रममा कलेजका डाइरेक्टर प्रदीप भगत, नन्द किशोर अग्रवाल लगायत शिक्षकहरु टंक कोइराला, बद्री पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै स्कोरबोर्डमा कर्मचारी द्वय मुक्ति गच्छदार र किशोर रायले सहयोग गरेका थिए ।

हालै राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८० सालको कक्षा – १२ को रिजल्टमा मेरिल्याण्डले ९५.३७ प्रतिशत विद्यार्थी उतिर्ण गराइ उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । स्मरण रहोस् मेरिल्याण्ड ब्यबस्थापन शिक्षामा देशभरिमै सधै टप टेनमा पर्ने अग्रणी शैक्षिक संस्थामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर