AArya
RUMPUM
animated ellipse animated ellipse

साढे १७ लाखको काठ घोटला प्रकरणमा पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८०, मंगलवार २०:०३
756
Shares
विराटनगर / मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।

डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि उनी फरार भएका हुन् । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भएका हुन् ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको छ । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न चासो देखाएको छैन । डिभिजन वन कार्यालयले सूचना चुहावट गराएर भगाएको भन्दै प्रहरीले लिम्बुलाई खोजविन गरी पक्राउको लागि चासो देखाएको पाइदैन ।

डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले सामुदायिक वनको काठ अन्यमितता गर्ने लिम्बुकोे खोजी कार्य तिव्र बनाएको बताए । ‘पक्राउ पुर्जी जारी भएपछि हामीले पक्राउ गर्न प्रहरीलाई पनि पत्रचार गरेका छौं,’ उनले भने, ‘अहिले खोजी कार्य तिव्र बनाएको छ ।’

डिभिजन वनले लिम्बुलाई सामुदायिक वनको काठ अन्यमित तरिकाले विक्री वितरण गरी आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफुखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अन्यमिमता गरेको पाइएको हो ।

अन्यमिमताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका छन् । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । लिम्बुले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।

अध्यक्ष लिम्बुले अन्ययमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन वन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितताल गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

तीन वर्षको कार्यकाल भएपनि लिम्बुले आफनो कार्यकालको म्यद सकिएको एक वर्ष पछाडी मात्रै साधारणसभा गराएका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको वन अधिकृत अलाउदीनले बताए । उनका अनुसार सखुवा (साल)४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।

छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ । उनले अनुसन्धान गर्दै आएका छन् । अनुसन्धानपछि अभियोग लैजाने तयारी गरेको उनले बताए । ‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमात्र अदालतमा अभियोग लैजानेछौं ।’ अन्यमितताको आरोप लागेको लिम्बुलाई डिभिजन वन कार्यालयले हाजिर जमनामा छोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर