आज क्षेत्रका विभिन्न स्थानमा मतदातासंगको भेटमा उनले विशेष गरी छोरीहरुको शिक्षामा पहुँच बृद्धि गर्ने किसिमका कार्यक्रमहरु ल्याइने बताए । विद्यालय टाढा भएर पढाइलाई निरन्तरता दिन नसक्ने विपन्न समुदायका छात्राहरुका लागि साइकलको व्यवस्था मिलाइने उनले बताए । ढकालले यस समुदायको जीवनस्तर उकास्न बालबालिकाको शैक्षिक स्तर बृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि विभिन्न कार्यक्रमहरु ल्याइने बताए ।
यस्तै धेरै परिवारको लागि आयआर्जनको माध्यम बनेको सिटी रिक्सालाई मध्यनजर गर्दै विभिन्न स्थानमा विद्युतिय फास्ट चार्जिङ स्टेशनहरु निर्माण गर्ने र यसका लागि निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने उनको भनाइ छ । ढकालले भने ‘तपाईंहरुले मलाई विश्वास गरेपछि यहाँका जनताको जीवनस्तर उकास्नु मेरो धर्म हो । त्यसका लागि मेरो अधिक प्रयास रहन्छ ।’ ढकाल यतिवेला मतदाताका घरघरमा पुगेर सुझाव लिने र समस्या बुझ्ने अभियानमा सक्रिय हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया