पूर्वाञ्चल खबर
प्रतियोगिता संयोजक बसन्तराज अर्यालका अनुसार प्रदेश १ मा पहिलोपटक ४० वर्ष उमेर माथिका खेलाडीबीच रात्रीकालिन प्रतियोगिता हुन लागेको जानकारी दिए । प्रतियोगितामा मोरङ, सुनसरी, झापा र मधेश प्रदेशको लाहानबाट टोलीको सहभागिता हुने छ ।
१ लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताका लागि विराटनगरबाट मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, र आयोजकका तर्फबाट विराट मेघा भेट्रान क्लबको ए र बी गरि ४ टोली रहनेछन् । त्यसैगरि, झापाबाट दुधे भेट्रान क्लब, मोरङको डाँगीहाटबाट जहदा भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, सुनसरीबाट दुहबी भेट्रान क्लब, र मधेश प्रदेशबाट लाहान भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताका लागि कुल ६ लाख ७० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । जसमा फ्लड लाईट र टोली ब्यवस्थापन खर्च समान १ लाख ५० हजार रुपैया हुने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि विराटनर महानगरबाट १ लाख र मुख्य प्रायोजकबाट २ लाख रुपैया संकलन गर्ने लक्ष्य राखेको छ ।
शनिबार हुने पहिलो उद्घाटन खेलमा विराटनगर रानीको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच स्पर्धा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताका सबै खेल बेलुका ६ बजेर ३० मिनेटमा सुरु हुनेछ ।