AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकारको राजनीतिक निर्वाचनदेखि अधिवेशनमा सहभागितालाई लिएर सकारात्मक हुन प्रेस यूनियनका महासचिव शिवाकोटीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७८, आईतवार १९:०१
279
Shares
विराटनगर / नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारको राजनीतिक निर्वाचनदेखि अधिवेशनमा सहभागितालाई लिएर सकारात्मक हुन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघले हाल जारी अधिवेशनका क्रममा पत्रकारको संलग्तनाको विषयलाई विज्ञप्ती जारी गरेसंगै महासचिव शिवाकोटीले आज विराटनगरमा पत्रकारसंगको छलफलमा महासंघको विज्ञप्ती प्रोपोगाण्डा मात्र भएको बताएका छन् । राजनीतिक दलसंग निकटता राख्दै आएको पत्रकारिता इतिहास नविर्सन सुझाव दिदैं महासविच शिवाकोटीले अधिवेशनमा सहभागि भएको भरमा जागिरबाट निकाल्ने धम््की दिएका संस्थालाई कार्वाही गर्न चुनौति दिए ।

‘विभिन्न दलको जारी अधिवेशनसंग जोडेर सञ्चारप्रतिष्ठानहरुले पत्रकारलाई पेशाबाट बाहिर गराउने प्रकृतिको धम्की समेत आइरहेको छ, महासंघले यसविषयमा कुरा राख्नु सक्नुपर्छ,’ उनले भने । महासंघ भित्र पनि केही ब्यक्ति सक्रिय राजनीतिमा रहदै गर्दा महासंघमा अटाउनु भएको संस्मरण गराउँदै शिवाकोटीले महाधिवेशन पहिलोपटक नभएको र विगतमा समेत विभिन्न दलका भातृसंस्थाको रहेका पत्रकार त्यसको प्रतिनीधि समेत बन्दै आएको बताए।

स्थानीयदेखि प्रदेशतहको निर्वाचनमा पत्रकारहरु प्रचारसमितिमा रहेर काम गरेको जनाउँदै उनले ती निर्वाचनमा पत्रकारहरु दलिय उम्मेदवार भएर हिडेको बताए । उनले भने, ‘विगतका निर्वाचनमा पत्रकार दलिय राजनीतिमा होमिएका थिए । ति निर्वाचनमा हारेर पुनः यसै पेशामा फर्किएका छन् । उनीहरुको हकमा महासंघले क्षमादान गर्ने भन्ने कुरा अहिलेको विज्ञप्तीले महासंघको दोहरो भूमिका छल्किएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर