RUMPUM
animated ellipse animated ellipse

कुष्ठरोग संगती र आईपासद्धारा ५ लाख बढीको सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७७, सोमबार १८:३०
3
Shares
विराटनगर / प्रदेश १ सरकारलाई नेपाल कुष्ठरोग संगती र आईपास नेपालले ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कुष्ठरोग संगतीका प्रदेश १ संयोजक एन्ड्रयु सिथलिङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समााजिक विकास मन्त्री जीवन घिमिरेलाई ३ लाख ५० हजारको आईसियु प्यासेन्ट मोनिटर हस्तान्तरण गरे । यस्तै आईपास नेपालले १ लाख ९१ हजारको विभिन्न स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ ।

मास्क, ग्लोब्स, गाउनलगायतका सामाग्रीहरु आईपास नेपालका प्रदेश संयोजक केदार भण्डारीले मन्त्री घिमिरेलाई हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोनाको कहिलेसम्म रहने भन्ने नभएकाले सहयोगी संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु आगामी दिनमा पनि सहयोग गर्नका लागि आग्रह गर्नुभयो । स्वास्थ्य सामाग्री उपलब्ध गराउने संस्थाहरुलाई उहाँले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर