AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नैतिकताको हिसाबले मुख्यमन्त्री राईले राजिनामा दिनुपर्दछ : नेता आङ्बो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७७, आईतवार १७:१५
351
Shares
विराटनगर / प्रदेश १ का प्रदेश सदस्य तथा नेकपा नेता इन्द्र आङ्बो मौसमले मुख्यमन्त्री शेरधन राई विरूद्ध अविश्वसाको प्रस्ताब दर्ता भएकोले राजिनामा दिएर मार्ग प्रश्स्त गरिनु अहिलेको उपयुक्त समय भएको बताएका छन् ।

आङ्बोको अगुवाइमा आज विहान मुख्यमन्त्री राई विरूद्ध अविश्वसाको प्रस्ताव दर्ता गरेपछि संचारकर्मीहरू कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजिनामा दिएर मार्ग प्रशस्त गरिनु नै उपयुक्त हुने उनले बताए । ‘संसदमा विश्वास गर्ने बहुमत सदस्य मुख्यमन्त्रीको विपक्षीमा उभिनु भएको छ । त्यही भएर हामी प्रदेश सभा सदस्य मुख्यमन्त्री राईले राजिनामा दिन सुझाब दिन चाहन्छौं,’ आङ्बोले भने, ‘अब नयाँ सरकारको निर्माणको लागि आवश्यक तयारी गरि अगाडी बढनेछौं ।’

मुख्यमन्त्री राई विरूद्ध अविश्वासको प्रस्ताब दर्ता भइसकेकोले प्रदेश सरकार कामचलाउ मात्र भएको उनले बताए । ‘मुलबुत रुपमा प्रदेश सरकार काम चलाउ भएको छ । सरकारले विश्वासको मत गुमाएको छ । दलमा पनि संसदीय दलको नेताको रूपमा विश्वासको मत गुमाउनुभयो,’ उनले भने, ‘अब सरकारले कुनै पनि महत्वको निर्णाय गर्नु हुदैन । यो सरकारको वैधता समाप्त भयो ।’

संसदमा अविश्वासको प्रस्ताब दर्ता भएकोले सरकारको तर्फबाट कुनै पनि महत्वपूर्ण निर्णाय गर्न नहुने उनले बताए । ‘मुख्यमन्त्रीमा नैतिकता छ भने अहिले राजिनामा दिनुपर्ने हो,’ उनले भने, ‘ नभए १५ दिन भित्रमा अविश्वासको प्रस्ताव फेश गर्नुपर्ने हुन्थ्यो । तर, मुख्यमन्त्री आफ्नो कार्यकाल लभ्याउन लाग्नुभयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर