होमियो ओषधि आर्सेनिक ३० प्रयोगमा ल्याउन माग

खबर पूर्वाञ्चल, १ जेष्ठ २०७७, बिहीबार २०:३४

विराटनगर / कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियोपैथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकारसंग माग गरेका छन ।

एलोपैथिक उपचार विधि भन्दा होमियोपैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउँदै नेपाल होमियोपैथिक चिकित्सक संघले प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

चिकित्सक संघका महासचिव रवि प्रकाशले होमियोपैथिक औषधि आर्सेनिक एल्व ३० ले रोगप्रतिरोधात्कम क्षमतामा बृद्धि गर्ने औषधि भएकोले यो औषघि प्रयोग गर्न प्रदेश सरकासँग माग गर्दै ज्ञापन पत्र बुझाएको हो । होमियो औषधिले पुराना तथा दिर्घ रोगहरुको सफल उपचार गर्दै आएको र सो उपचार विधि विश्वमै सफल मानिएको हुनाले कोरोनो भाईरस विरुद्धको उपचारमा होमियोपैथिक ओषधि प्रयोग गर्न आग्रह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५