खबर पूर्वाञ्चल
आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । वाणिज्य कार्यालयले आज पत्रकार सम्मेलन गरि ५२ वटा फर्मलाई कारवाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएको छ ।
गत वर्ष २२ वटा फर्म कारवाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारवाहीमा परेका हुन् । आर्थिक वर्ष वाणिज्य कार्यालयले ठूला सम्पिङ्ग सेन्टरहरूलाई पनि कारवाहीको दायरमा ल्याएको छ । म्याद गुज्रिएको खाद्यबस्तु विक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरि कालोबजरी गर्नेसम्म ठूला सम्पिङ्ग सेन्टरहरूलाई वाणिज्य कार्यालयले कारवाहीको दायरमा ल्याएको छ ।
आर्थिक वर्षमा ६ वटा ठूला व्यवसायिक फर्मलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । जसमा जैसानी ट्रेड कन्सनलाई ३ लाख रुपैयाँ जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । यस्तै बिके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेशी, बबिता सर्जिकल हाउसलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको वाणिज्यका निमिक्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।
आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ पर्म दर्ता भएका छन् । नविकरण÷ संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ ।
प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि बिगतका वर्षहरूमा मोरङमा मात्र वािणज्यले अनुगमन गर्दै आएको थियो । तर आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लाहरूमा पनि बाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो ।
तपाईको प्रतिक्रिया