पूर्वाञ्चल खबर
मेची नगर नगरपालिका–४ का ५० बर्षीय पूर्णबहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय विशाल तामाङ पक्राउ परेका छन् । आईतवार राती सवा ८ बजे सामान्य बादबिबादको बिषयलाई लिएर उनीहरुले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।