animated ellipse animated ellipse

८९ वर्षीय अधिकारीका तीनवटा पुस्तकको विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०८१, बिहीबार १८:५०
72
Shares
विराटनगर / विराटनगर १ पोखरियाका पंं. भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको आज विमोचन गरिएको छ ।

८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो ।

श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं. अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुराँगाईले गरे। तीनवटै पुस्तकको लेखक अधिकारी, लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्य, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपानेले संयुक्तरुपमा गरेका हुन् ।

अधिकारीलाई श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गर्न १० वर्ष लागेको थियो । पद्यनुवाद गरिएको श्रीमद्भावगत महापुराण ६९९ पृष्ठको रहेको छ । सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन भने दुई वर्षमा तयार गरेका हुन् । कार्यक्रममा कृतिको समीक्षा प्रतिभा निरौलाले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर