animated ellipse animated ellipse

मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०८१, शनिबार १९:२७
189
Shares
विराटनगर / संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् ।

विराट एक्स्पोको आज उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको भनाई छ । उत्पादन, रोजगारी, बैंकको तरता, ब्याजदर, बैदेशिक मुद्रा संचेती जस्ता सबै आर्थिक परिसुचकहरुमा सकारात्मक नतिजाहरु हासिल गरेको उनले बताए ।

अर्थमन्त्री पौडेलले अझ गतिशिल ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।

सरकारले सातै प्रदेशमा एक÷एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणकालागि जग्गाको खोजि गर्न आग्रह गरे । साथै प्रदर्शनी स्थल निर्माणमापनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे ।

‘मुलुकलाई एक थान सरकार दिनकालागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा रहेको निरासा चिर्न, उत्पादन र लगानीमा बृद्धि गर्दे उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याएर रोजगारी सिर्जना गर्नकालागि सरकार बनेको हो । कुरेर बस्ने र नियमित ढंगको काम गरेर बस्ने पक्षमा सरकार छैन,’ उनले भने, ‘ त्यसैले महत्वपुर्ण अध्यादेश ल्याएको हो । शुसासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समास्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन विद्यमान कानुनमा देखिएका अवरोधहरुलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशको माध्यमबाट २९ कानुनमा संसोधन गरिएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर