AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा सांस्कृतिक कार्यक्रमसहित चाडपर्वको शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०८२, शनिबार २०:०९
756
Shares
विराटनगर / विराटनगर ८ मा अवस्थित ग्रेडेड इङ्लिस मिडियम सेकेन्डरी स्कुलले विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा एक भव्य कार्यक्रमबीच शुभकामना आदानप्रदान गरेको छ। विद्यालय परिसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थीहरूले दशैँको मालश्री धुनदेखि तिहारको देउसी भैलो र छठको सांस्कृतिक झलक समेटिएका नृत्य तथा गीत प्रस्तुत गरेका थिए। शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको थियो।

सहभागीहरूले यस्ता पर्वहरूले नेपाली समाजमा पारस्परिक भाइचारा, प्रेम र सहिष्णुताको भावनालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले महान चाडपर्वले सम्पूर्ण नेपालीमाझ सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । उनले सांस्कृतिक पर्वहरूको संरक्षणमा विद्यालयले सधैँ जोड दिने बताउँदै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरे । कार्यक्रमले सबैमा उत्सवको उमङ्ग छरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर