विराटनगरस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सम्पन्न एक दिने ट्रेड यूनियन शैक्षिक कार्यक्रममा नेता अर्यालले सुख्खा बन्दरगाह क्षेत्रमा कार्यरत श्रमिकको रोजगार र शैक्षिक तालिमले आर्थिकस्तरमा बृद्धि हुने बताएका हुन् । उनले सो क्षेत्रको स्थानीयको आर्थिकस्तर बृद्धिका क्रममा आफ्नो योगदान रहेको बताए ।
मोरङ जिल्लाको सभापति हुदाँ सो क्षेत्र खोल्नका लागि योगदान रहेको बताएका अर्यालले बन्दरगाहका कारण स्थानीयको आर्थिकस्तर समेत बढेको बताएका हुन् । सुख्खा बन्दरगाहका कारण सो क्षेत्रको जमिनको मूल्यबृद्धि हुनुका साथै स्थानीयलाई रोजगारीको समेत अवसर मिलेको नेता अर्यालले बताए ।
कार्यक्रममा नेपाल ट्रेड यूनियन कांग्रेसका उपाध्यक्ष एवं कार्यक्रम प्रशिक्षक अजयकुमार राईले शैक्षिक कार्यक्रमबाट यूनियन सञ्चालन तथा संगठन विस्तारको अभियान गर्दै आएको जानकारी दिए । मुलुकको विभिन्न ४ वटा सुख्खा बन्दरगाह क्षेत्रमा कार्यरत श्रमिकको आर्थिक अवस्था, दैनिकी र रचनात्मक कार्यका लागि यूनियनले विभिन्न कार्य गर्दै आएको राईले बताएका थिए । भैरहवा, विरगञ्जमा समेत श्रमिकको जीवनस्तर र समस्याबारे जानकारी लिएको बताएका उपाध्यक्ष राईले ती क्षेत्रमा समेत आपूmहरुले इकाई कमिटि बनाएर श्रमिकहरुलाई एकताबद्ध बनाएको जानकारी दिए ।
कार्यक्रममा ट्रेड यूनियन कांग्रेस प्रदेश १ का अध्यक्ष नारायणबाबु कार्कीले कोरोना महामारीकाबीच यातायात मजदुर संघको सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । श्रमिकलाई समस्या पर्दा ट्रेड यूनियन मोरङले खाद्यान्न समेत वितरण गरेको स्मरण गरेका अध्यक्ष कार्कीले आगामी दिनमा समेत श्रमिकको हक अधिकारसंगै समस्या समाधानका लागि ट्रेड यूनियन कांग्रेस तयार रहेको बताए ।
कार्यक्रममा यातायात मजदुर संघ तथा सुख्खा बन्दरगाह श्रमिक संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारीले श्रमिकहरुको अवस्था बुझन तथा अध्ययन अनुसन्धानका क्रममा चारवटै सुख्खा बन्दरगाह पुगेको जानकारी दिए । ती क्षेत्रमा कार्यरत श्रमिकलाई यूनियनमा संगठित गर्दै श्रम विभागमा सुख्खा बन्दरगाह युनियन दर्ता गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । जुन यस क्षेत्रको पहिलो दर्तासहितको युनियन भएको उनले बताए ।
कार्यक्रममा अध्यक्ष भण्डारीले भारतको युनियनमा सम्बद्ध श्रमिकहरुको अवस्था तथा युनियन संचालन विधीबारे अध्ययन भ्रमण गराउने संघले योजना गरिरहेको जानकारी दिए ।
कार्यक्रममा ट्रेड युनियन कांगे्रस मोरङका अध्यक्ष सुशील कोईराला, यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष हरि थापा , प्रदेश १ अध्यक्ष पूर्ण प्रधान, ईटहरी नगर अध्यक्ष दिनेश प्रधान लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम नेपाल यातायात मजदुर संघले संघ सम्बद्ध नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ, बिराटनगर इकाई समितिका श्रमिकका लागि शैक्षिक कार्यक्रम आयोजना गरेको हो ।
तपाईको प्रतिक्रिया