AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आरागनले गर्यो एकै दिन विदाई तथा स्वागत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०७९, बिहीबार १८:०६
369
Shares
विराटनगर / विराटनगर – १० मा सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

आरागनको एडिएचएम र कक्षा १२ मा अध्ययनरत १५० जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

सोही अवसर पारेर कलेजमा भर्ना भएका १ सय १० विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारैमा बताइएको थियो । उनीहरुलाई प्रमुख अतिथि जिल्ला शिक्षा इकाइ प्रमुख टंकप्रसाद गौतम, रत्ना होटेलका प्रबन्धक निर्देशक रेवतबहादुर थापा, हेड अफ डिर्पामेन्ट रोशन शर्मा, कलेजका प्रशासकिय प्रमुख सुरेशविक्रम कुवँर र कोशी विद्या मन्दिरका निर्देशक धिजनबाबु काफ्लेलगायतले शुभ कामना दिएका छन् ।

कलेजका निर्देशक अमित महतोको सभापतित्वमा भएको कार्यक्रममा उपस्थि अथिति, अभिभावक तथा विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य, गित तथा नाटकलगायत विभिन्न कार्यक्रम गरि मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर