AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १ सय कोरोना संक्रमित निको हुँदा थपिए १९ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ पुष २०७७, बिहीबार १६:५९
324
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित निको हुँदा १९ जना संक्रमित थपिएका छन् ।

होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन् । निको हुनेको संख्या २९ हजार १ सय ५५ पुगेको छ ।

प्रदेश १ मा १९ जना थपिएका संक्रमित मध्ये सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरङको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते¥हथुमको म्याङलुङका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ९ सय ४७ पुगेको छ । सक्रिय संक्रमित ३ सय २९ जना छन् ।

प्रदेश १ मा आज ३ सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर