भरतमोहन प्रतिष्ठानले कोशी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७८, बिहीबार १८:०४

विराटनगर / भरतमोहन स्मृति प्रतिष्ठानले कोशी अस्पताल विराटनगरलाई २ सय थान पीपीई सेट हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका सल्लाहकार तथा निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिष्ठानका सचिव महेश आचार्य, सदस्य महेश रेग्मी, सुवास आचार्यलगायतले कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई र मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई २ सय थान पीपीइ हस्तान्तरण गरका हुन् ।

भरतमोहन अधिकारीको सम्झनामा स्थापित प्रतिष्ठानले स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आएको सचिव महेश आचार्यले बताए ।

स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेमा प्रतिष्ठानलाई मेडिकल सुपरिटेन्डेन्ट डा. दासले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५