AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ र झापा विचा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०८२, शुक्रबार १७:४१
189
Shares
विराटनगर / घरेलु टोली मोरङ र झापा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधिकालागि पतिस्पर्धा गर्ने भएका छन् ।

कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा समुह उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेको छ ।

झापाले खेलेको २ खेल १ मा जित १ पराजित हुँदै २ अंककासाथ दोस्रो सथानमा छ भने सुनसरीले खेलेका दुई वटै खेलमा पराजित हुँदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । मोरङले झापा र सुनसरीलाई पराजित गर्दै ४ अंकका साथ यस अघिनै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ ।

टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँ दा आकास सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँदा कप्तान सुजन थपलिया,विपिन महतो र आयुस न्योपानेले १–१ विकेट लिए ।

१ सय ८४ रनको सामान्य लक्ष्य पाएको झापाले ४७ ओभरमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । झापाकादिपु भुजेलले रन जोड्दा समिर कार्कीले ४७ रन, भुपाल दंगालले ३५ रन र सुजन थपलियाले २३ रन बनाए । सुनसरीका विकल्प आचार्यले ३ विकेट लिँदा भुपाल लुईटेल, रोहन साह र रविन मण्डलले १–१ विकेट लिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर