animated ellipse animated ellipse

विराटनगरका उद्योगीलाई धाक धम्की दिँदै फिरौती माग्ने दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०७९, शनिबार १६:१२
22.68k
Shares
विराटनगर / विराटनगरका उद्योगीलाई पटक–पटक धाक धम्की दिँदै असुली धन्दा चलाउँदै आएका मुख्य गिरोहसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ घर भई हाल विराटनगर महानगरपालिका ४ कञ्चनवारिमा बस्ने ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे ६ का २६ वर्षीय विशाल ऋषिदेवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका–३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए । उद्योगी शर्माको व्यवसायको विषयमा पक्राउ परेका कार्कीको जानकार रहेका थिए । व्यापार व्यवसाय गर्ने पत्तो पाएका कार्कीले धाक धम्की दिँदै फिरौती असुली गर्दै गर्दा पक्राउ परेका हुन् । कार्की यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न भएको देखिएको छ । उनले ललितपुरमा पनि ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका–६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाललाई पक्राउ गरेको थियो ।

त्यसपछि उनकै वयान अनुसार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले पैसा माग गरिएको पत्र, आइएमई मार्फत पठाएको पैसा र त्यससँग सम्बन्धित कागजात बरामद गरिसकेको छ । पक्राउ परेका विरुद्ध ठगी तथा आपराधिक लाभअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर