खबर पूर्वाञ्चल
विराटनगरले आज भएको पहिलो क्वाटरफाइनल खेलमा पाहुना टोली भारतको युनाइटेड फुटबल क्बल पश्चिम बंगालको चुनौतीलाई
३–० गोलले अन्तरले पन्छ्याउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
विराटनगरले सेमिफानलमा सोमबार सशस्त्र प्रहरी बल(एपिएपल) काठमाण्डौ र नेपाल पुलिस क्लव काठमाण्डौविचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका छन् । खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । खडकाले प्रकाश बुढाथोकीले दिएकोे क्रस पासको सदुपयोग गर्दै भारतका गोलरक्षक निजम सिंहलाई विट गर्र्दै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो ।
खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपक राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोलमाथिदेखि बाहिरदा थप गोल गर्ने अवसर गुमाएको थियो ।
पहिलो हाफमा विराटनगरले भारतलाई दबाबमा राखेको थियो । तर थप गोल गर्न सकेन । पहिलो हाफसम्म १– ० गोलले अग्रता कायम गरेको विराटनगरले दोस्रो हाफदेखि भारतका खेलाडीले केही सुधारिएको पर्दशन ग¥यो ।
खेलको ६८ मिनेटमा भारतका सौरभ तामाङ्गले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औं मिनेटमा भारतका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन ।
खेल सकिन ५मिनेट रहेको अवस्थामा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स बाहिर गरेको प्रहारले बल सेकेण्ड बार च्याप्दै गोल गरि आयोजकको अग्रतालाई दोब्बर गरे । प्रकाशले सन्तोष खड्काले निकालेको क्रस पासलाई भलि गर्दै उत्केष्ट गोल गरे । प्रकाशले गरेको ३ मिनेट बित्न नपाउँदै सुनिलले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चत गरे । सुनिलले विराटनगरका गोलकिपलेले गरेको लामो पासको सदुपयोग गर्दै मैदानको विच भागबाट बललाई भारतको खेलाडिलाई विट गर्दै वान भर्सेज वानमा गोल गरेका थिए
खेलको म्यान अफ द म्याच विराटनगरका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।
खेलपछि विराटनगरका प्रशिक्षक सन्जिव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रर्दशन नगरेपनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफनो पक्षमा आएको बताए । सेमिफाइनल खेलमा रणनीति परिवर्तन गरि खेल प्रर्दशन गर्ने उनले बताए । ‘सेमिफाइनलमा राम्रो टिम सँग प्रतिस्पर्धा हुदैछ,’ उनले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु ।’ यता भारतका प्रशिक्षक अनिमेश तामाङ्गले पाएको थुप्रै अवसरहरु खेलाडीले खेर फाल्दा हार भएको बताए ।
आइतबारको दोस्रो क्वाटरफाइनल खेल लिग विजेता मछिन्द्र क्लब काठमाण्डौ र भारतको पंजाव पुलिस बिच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले हिजो भएको खेलमा टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।