animated ellipse animated ellipse

डा.श्याम साहद्वारा घरेलु हिंसामा परेकी सुनिताले पत्रकारसँग पुगिन न्याय माग्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८१, शुक्रबार १६:५७
99
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका २ घर भइ हाल विराटनगर ११ जनपथ टोलमा बस्दै आएकी ४३ वर्षीया सुनिता साह घरेलु हिंसाको सिकारमा परेपछि न्यायको माग गरेकी छिन् ।

श्रीमान श्यामप्रसाद साहले मरणसन्न हुने गरी यातना दिएपछि न्यायको माग राख्दै शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेकी हुन् । मदिरा सेवन गरेर आएपछि श्रीमान श्यामप्रसादले मरणसन्न हुने गरी कुटपिट गर्ने गरेको सुनिताको आरोप छ । श्याम र सुनिताको २०७३ साल २ महिना ८ गते विवाह भएको थियो । सुनिताको माइती घर भारतको उत्तर प्रदेश हो ।

साधी डटकम भन्ने म्याट्रीमोनियल साइडबाट सुनिता र श्यामबीच सम्पर्क भएपछि विवाह बन्धनमा बाधिएका थिए । विवाह भएको एक वर्षदेखि यतना दिने गरेको उनले सुनाइन् । बारम्बार श्रीमान् र उनका परिवारका सदस्यबाट ‘टर्चर’ सहनु परेपछि सुनिताले २०७७ मंसिर २ गते जिल्ला प्रहरी कार्यालय मोरङको शरण लिइन् । मरणासन्न हुनेगरी श्याम र उनकी भाउजु बिनाले सुनितालाई मारपीट गरेका थिए । प्रहरी कार्यालयबाट घाउजाँच गराइन् । केस मिलापत्रमा सकियो । ‘विवाह गर्न साधी डटकमको सहारा लिएका श्रीमान्ले मारपीट गर्न भाभी डटकमको सहारा लिए,’ सुनिताले भनिन्, ‘मेरो त हत्या हुन लाग्दा फुत्किएर भागेको थिएँ । श्याम साह योजनामै मलाई फाँसी लगाउन खोजेका थिए ।

घरको माथिल्लो तलाबाट अर्को घरमा फाल मारेर जोगिएकी थिए ।’ यता डा.श्याम साहसँग कुरा गर्दा उनले सुनिताको मनस्थिति कमजोर भएको र मानसिक समस्या भएको आरोप लागए । उनले प्रहरीका सबै व्यक्तिले सम्झाउँदा समेत उनी घर बस्न नमानेको बताए । ‘डिएसपीले सम्झाउनुभयो, एसपीसाबले सम्झाउनुभयो तर घर बस्नै मानिन,’श्याम साहले भने, ‘छोरी छ उसलाई घर बसाउन सकिएन ।’ उनले आफू डाक्टर भएकोले धेरै महिलासँग सम्पर्क हुने बताए । दिल्ली गाजीयावादमा उनका बाबुआमा भाडामा बस्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर