पूर्वाञ्चल खबर

आर्थिक वर्ष २०८१/०८२ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा न्युन गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । न्युन गुणस्तरको बस्तु उत्पादन गरेर बजार पठाउने गरेको मोरङको बुढीगंगा २ मा रहेको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रालिको चिया, विराटनगर १४ मा रहेको सूर्योदय मिल्क एण्ड वभरेज इण्ड प्रालिको एसएम पी, विराटनगर १ मा रहेको गंगा पेय जल उद्योगको पिउने पानी न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको हो । त्यसैगरी विराटनगर २ मा रहेको खेतान चिया उद्योग, बुढीगंगा ४ मा रहेको गोमती फुड्स प्रालि, विराटनगर ११ मा रहेको निधी फुड उद्योग र लेटाङ ९ मा रहेको मकालु एक्वा इण्ड उद्योग विरुद्ध मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा २४३ उद्योगको सिफारिस गरेको छ भने अनुमति पत्र १६६ वटा उद्योगको गरेको छ । पाँच सय उद्योगको अनुमित पत्र नविरण गरेको छ ।
खाद्यसँग सम्बन्धित वस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत र लेबलसँग सम्बन्धित वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग पत्र दायर गर्ने गरिएको छ ।