खबर पूर्वाञ्चल
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा १८, विर्तामोडमा १४, कनकाईमा १०, शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, गौरादह र गौरीगञ्जमा १–१, मोरङको विराटनगरमा ३६, उर्लाबारीमा ४, रतुवामाईमा ३, लेटाङ, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैचा र केराबारीमा २–२, बुढीगंगा, ग्रामथान र कानेपोखरीमा १–१ जनामा संक्रमण देखिएको छ ।
उता सुनसरीको इटहरीमा ८, रामधुनीमा ५, बराहक्षेत्रमा ३, धरानमा २, देवानगञ्ज, इनरुवा, दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, भोजपुरको भोजपुर नगरपालिका, खोटाङको खोटेहाङ, संखुवासभाको खाँदबारी, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।