खबर पूर्वाञ्चल
मोरङको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका ४० वर्षीय मनिल ढकाल लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले मृगौलिया घर भएका ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज विहान करिव ७ बजेतिर भेटिएका हुन् । ढकाल सोही विद्यालयको लेखापाल समेत हुन् ।
विद्यालय जान्छु भनेर लेखापाल ढकाल आज विहान घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर मोरङ प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको मोरङ प्रहरीले जनाएको छ ।