animated ellipse animated ellipse

पूर्वाञ्चल विश्व विद्यालयमा तालाबन्दी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७९, बुधबार २०:५१
792
Shares
विराटनगर / विभिन्न ९ बुद्धे माग राख्दै पूर्वाञ्चल विश्व विद्यालयमा तालाबन्दी गरेको छ ।

विश्व विद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्रमुखहरूको कार्यकक्षमा नेपाली काँग्रेस निकटको नेपाली विद्यार्थी सङ्घले आज तालाबन्दी गरेको हो ।

विभिन्न चरणमा गरिएका वार्ता, सहमति कार्यान्वयन नभएको र तीन दिनको अल्टिमेट कार्यान्वयन नगरी अवज्ञा गरेकोले पूर्वाञ्चल विश्व विद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरूका क्याम्पस प्रमुखहरूको कार्यकक्षहरू तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।

विद्यार्थीहरूले स्कुल अफ इन्जिनियरिङ ( पुसेट ) ,स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, स्कुल अफ फरेष्ट्रि ( पुसेफ ) र डिन र सह–डिनहरूको कार्यकक्ष क्रमशः साइन्स एन्ड टेक्नोलोजी एवम् इन्जिनियरिङको लगायत उप–कुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

उनीहरू डीनको कार्य क्षेत्र र उपलब्धि लिखित दस्ताबेज सार्वजनिक गरिनुपर्ने, वैज्ञानिक पद्धति बाट दक्ष जनशक्ति लाई प्राथमिकता दिनु पर्ने, विद्यार्थीलाई चर्को शुल्क लिइने तर अपर्याप्त बजेट दिई प्रयोगात्मक कक्षा तथा पूर्वाधार क्याम्पसमा उपलब्ध नगराई नतिजा बाट विद्यार्थीलाई वञ्चित गरिएको विषयमा लिखित जवाफको माग रहेको छ ।

यस्तै डीनलाई नयाँ शैक्षिक जनशक्ति भर्ती गर्ने निकायको रूपमा नभई हाल उपलब्ध जनशक्तिको समयसापेक्ष शैक्षिक दक्षता मापन एवं तालिम र सोहीको आवश्यकता अनुरूप सुदुरिकरण गर्ने जिम्मेवारी दिइनु पर्ने, इन्जिनियरिङ एवं साइन्स एन्ड टेक्नोलोजीको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षा व्यवस्था गर्नुपर्ने, परीक्षा नतिजा तीन महिना भित्र प्रकाशित गरिसक्नु पुर्नेलगायतको माग राख्दै विद्यार्थी आन्दोलित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर