बालिकालाई बेच्न खोजेको आरोपमा एक भारतीय नगारिकसहित दुई जना पक्राउ

खबर पूर्वाञ्चल, ९ असार २०७९, बिहीबार १९:१७
1.31k
Shares
विराटनगर / झापाको १३ वर्षिय बालिकालाई विभिन्न प्रलोभन देखाएर बेच्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्ने एक जना भारतीय नगारिकसहित २ जना रहेका हुन् । भारत घर भइ झापा विर्तामोड नगरपालिका ५ मुर्तीचौकमा डेरा गरी बस्ने बर्ष २३ वर्षिय हिराकुमार सहनी र बारा कोल्वी नगरपालिका वडा ४ सपही बस्ने १९ वर्षिय सिरिसा सिंह महथाले पक्राउ गरेको छ । पक्राउ परेका सहनी र सरिसा प्रेमीप्रेमीका हुन् । उनीहरुले १३ वर्षिय बालिकालाई विभिन्न प्रलोभन देखाएर भारत लैजाने क्रमममा मंगलबार विराटनगर – १५ स्थित २ नं. गेट नजिकबाट १३ वर्षिय बालिकाको उद्धार गरको छ ।

प्रहरी र साना हात नामक गैरसहकारी संस्थाले झापाको १३ वर्षिय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो । इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५