AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस केन्द्रीय सदस्य अर्याल बाढीपीडितको घर–घरमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ कार्तिक २०७८, सोमबार १९:५४
324
Shares
विराटनगर / राजनीतिलाई सेवाका रुपमा लिने गरिन्छ । तर नेपालमा पछिल्लो समय राजनीतिलाई पेशा र व्यवसायका रुपमा अंगिकार गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् ।

उनीहरूले राजनीतिमा लागेर अर्बौं धनसम्पत्ति जोडेका प्रशस्तै उदाहरण छन् । तर, राजनीति गर्नेहरू यस्ता पनि छन् जसले सम्पूर्ण धनसम्पत्ति सकाएका छन् । परिवारका सबै सदस्य राजनीतिमा लाग्दा आम्दानीको अभावमा आर्थिक संकट व्यहोर्न बाध्य राजनीतिकर्मी पनि हाम्रै वरिपरि भेटिन्छन् ।

चुनाव जितेर गएपछि एकपटक पनि जनताको अगाडि मुख नदेखाउनेहरू पनि राजनीतिमै छन् । तर चुनाव हारेर पनि जनताको बीचमै सधैं हुनेहरू पनि छन् राजनीतिमा । यस्तै मध्येका एक नेता हुन् मोरङ क्षेत्र ५ बाट थोरै मतले पराजित भएका अमृत अर्याल । जो चुनाव हारेर पनि जनताकै घरदैलोमा भेटिन्छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्याल यतिबेला बाढीपीडितको घरघर पुगेर राहत वितरण गरिरहेका छन् । यसले बाढीपीडितमा नेताहरूप्रतिको आशा र भरोसा जागृत भइरहेको छ । “राजनीति भनेको समाजसेवा हो, यसमा आफ्नोभन्दा पनि जनताको हितमा ध्यान दिनुपर्छ,” उनी भन्छन्, “थोरै भए पनि जनताको घाउमा मल्हम लगाउने काम गरिरहेको छु ।”

बाढी आएको बेला पनि खाली खुट्टामा हाफपेन्ट लगाएर बाढीपीडितको घरघरमा पुगेका थिए उनी । “अमृत दाइ हाम्रो अभिभावक नै हुनुहुन्छ, किनभने हरेक समस्यामा हामीलाई साथ र सहयोग गर्नुहुन्छ,” जहदाका शंकर यादव भन्छन्, “उहाँ पार्टीगत विचारभन्दा माथि उठेर जनताको सेवामा समर्पित हुनुहुन्छ । एकपटक भेटेको व्यक्तिलाई नामैले चिन्नु हुन्छ ।” त्यसो त अर्यालले कोभिडको संक्रमणका बेला पनि मोरङका विभिन्न पालिकामा आफ्नै पहलमा स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर