animated ellipse animated ellipse

कमलाले गरिन क्यान्सर पिडित श्रीमानलाई बचाउँन याचना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०७९, शुक्रबार १८:३४
729
Shares
विराटनगर / विराटनगर–१२ की कमला घिमिरेले क्यान्सर पिडित श्रीमानलाई बचाउँन सहयोग गरिदिन याचना गरेकी छिन ।

कमलाका ४१ वर्षीय श्रीमान भीमबहादुर हड्डीको क्यान्सरबाट ग्रससित छन् । कमला पत्रकार महासंघ मोरङको कार्यलय अगाडि चिया–नास्ता पसल गर्थिन् । उनका श्रीमान् न्यूरो–कार्डियो अस्पतालको गाडीका चलाउँथे । एक छोरी र एक छोरासहित चारजनाको उनीहरुको परिवार जेनतेन चलिरहेको थियो । परिश्रमले बाँचेका परिवार खुशी र सुखी थिए ।

गत माघमा एकाएक कमलाका श्रीमान भीमलाई ढाड दुख्यो । उनले गाडी चलाउन नसक्ने भए । न्यूरोमा काम गर्ने उनको स्वास्थ्य परीक्षण गरियो । रिपोर्टमा उनलाई देखियो हड्डीको क्यान्सर । त्यसपछि कमला आफ्ना श्रीमान्को उपचारमा लागिन् । जेनतेन जीविका चलाउने पसल पनि बन्द भयो । छोरी स्नातत पढ्दै छिन्, छोरो कक्षा ९ मा अध्ययनरत ।

उनीहरुका लागि क्यान्सरको उपचार सहज थिएन । आफू र आफन्तसँगको भरमा १२ लाख खर्च भईसकेको छ । क्यान्सर पीडित भीमबहादुरको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गयो । उपचार गर्ने पैसा पनि सकियो ।

आज पत्रकार महासंघमा उपचारका लागि कमलाले सहयोगको याचना गरेकी छिन् । उनले आफूसँग भएको पैसा सकिएकोले आफ्ना श्रीमानको किमोथेरापी गर्ने अवस्थाबाट पनि बन्चित हुनु परेको दुखेसो पोखिन् ।

केहि सहयोग जुटे श्रीमानको उपचारमा लगाउने उनको ईच्छा थियो । हड्डीको क्यान्सरले थलिएका भीमबहादुर फोक्सोमा पानी जमेर थप समस्यामा परेको कमलाको भनाई छ । भीमबहादुर मज्जाले अडिन नसक्ने भईसकेका छन् । सहयोगका लागि अपिल गर्न राखिएको पत्रकार सम्मेलनमा पनि उनी बोल्न सकेनन् । अवस्था गम्भीर भएपछि उपचारका लागि सहयोगको याचना मागेका उनीहरुले सम्पर्कका लागि ९८४२०६८२८६ नम्बर दिएका छन् ।

पत्रकार महासंघ अगाडीको कलेज रोडमा रहेको घिमिरे चिया पसल पनि अहिले छोड्नु परेको छ । त्यहाँ चिया–नास्ता बिक्री गरेर उनीहरुले दैनिक जीविका चलाईरहेका थिए । अहिले जीविका चलाउन पनि समस्या परेको गुनासो गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर