AArya
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा प्लसटुद्धारा विद्यार्थीलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०८०, आईतवार १३:३९
1.66k
Shares
विराटनगर / विराटनगर – १० मा रहेको सगरमाथा प्लस टुले कक्षा १२ उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

सगरमाथा प्लस टु परिसर भित्र आज भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

२०७९/०८०मा कक्षा १२ को परीक्षा दिएर उत्तिर्ण भएका ७७ जना विद्यार्थीहरुलाई प्लस टुले सम्मान गरेको छ । उत्तिर्ण भएका विद्यार्थीहरुलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरी, सगरमाथा प्लस टुका प्रिन्सिपल त्रिलोचन गौतम, एकेडिमक डाइरेक्टर पुष्कल खतिवडाले विद्यार्थीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस प्लस टुका उत्कृष्ट पाँच जना विद्यार्थीहरुलाई विशेष सम्मान गरेको छ । यसरी उत्कृष्ट हुने विद्यार्थीहरुमा अनुभव तिम्सिना, चन्द्रशेखर कमाइत, प्रिया कटुवाल, प्रशन्न चम्लागाइ र आदित्य कर्णलाई विशेष सम्मान गरिएको हो ।

सगरमाथाबाट ७७ जना विद्यार्थीले कक्षा १२ मा परीक्षा दिएको मध्ये ११ जना विद्यार्थीले ‘ए’ प्लस, ४८ जनाले ए, १७ जनाले बीप्लस र १ जनाले बी ग्रेड ल्याएरण उत्तिर्ण भएको प्रिन्सिपल गौतमलले जानकारी दिए ।

सम्मान कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गरी गुणस्तरीय शिक्षा प्रदान गरेर अगाडी बढनुपर्ने बताए । विराटनगर १० का वडाअध्यक्ष अर्जुन गिरीले गुणस्तरीय शिक्षा दिएको कारणले सगरमाथाले सफलता पाएको बताए । आगमी दिनमा पनि गुणस्तरीय शिक्षाप्रदान गरी सगरमाथा अगाडी बढनुपर्ने उनले सुझाब दिए ।

सगरमाथाका प्रिन्सिपल त्रिलोचन गौतमलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए । सगरमाथाले दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारमुखी शिक्षा प्रदानमा लागि परेको उनले बताए । कार्यक्रममा बोल्दै सगरमाथाका एकेडेमीक डाइरेक्टर पुष्कल खतिवडाले शैक्षिक विकासको लागि विराटनगर महानगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडी बढने बताए ।

गुणस्तरीय शिक्षाप्रदान गरेको कारणले सगरमाथाले प्रत्येक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ । यस वर्षको कक्षा १२ को परीक्षामा पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर