सप्तकोशी बैंकको सिइओमा कुमार खड्का नियुक्ति

खबर पूर्वाञ्चल, २० पुष २०७८, मंगलवार १८:४६

विराटनगर / सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार खड्का नियुक्ति भएका छन् ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आएका खड्कालाई आज बसेको संचालक समितिको बैठकले सिइओमा नियुक्ति गरेको बैंकका अध्यक्ष डा. अर्जुन बरालले जानकारी दिए ।

यसअघि बैंकको सिइओमा विराटनगरका नविन सुवेदी रहेका थिए । उनी बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला गरेको आरोपमा पक्राउ परेपछि संचालक समितिको बैठकले नयाँ सिइओ नियुक्ति गरेको हो ।

बैंकको रकम हिनामिना गरेको गरेको आरोपमा सिइओ सुवेदीसहित चार जना कर्मचारी पक्राउ परेका छन् । सिइओ सुवेदीसहित बैंकका लेखा बित्त प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैंकदेखि पक्राउ गरेको थियो । प्रहरीले यसअघि बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरि सकेको छ । पक्राउ परेका चारै जनलाई मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैंकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिटयान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओ लगायतका उच्च अधिकारीहरु शंकाको घेरामा परेको भन्दै प्रहरीले उनीसहित थप तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको मध्ये सिइओ सुवेदी र लेखा प्रमुख भण्डारी नेरुडे लघुवित्त कम्पनीमा संगै लामो समय काम गरेका थिए । सप्तकोशीमा उनीहरु आएपछि बैंकको अनियमिता गर्न कानुनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारीले ‘आइडिया मेक्ङिको’ रुपमा सिइओ सुवेदीका विश्वासिलो पात्र हुन् । बैंकका कर्जा प्रमुख विदुर पोखरेल र आइटि प्रमुख सशांक पोखरेल सिइओ सुवेदीका मामाका छोरा हुन् । अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन २०१६ देखि २०१७ मा दुईवटा फर्जि कारोबार भएको राष्ट्र बैंकमा परेको उजुरी पत्रमा उल्लेख छ । बैंकको आन्तरिक लेखा परीक्षण गर्ने फर्म पनि सिइओ सुवेदीले ससुराली नाताको नाता पर्ने सालोलाई लगाउने गरेका थिए ।

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सिइओ नविन सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५