animated ellipse animated ellipse

सङ्घीयता कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहन्छ :मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७८, मंगलवार २०:३३
126
Shares
विराटनगर / प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घीयताको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

आज संवाद समूह प्रदेश १ ले आयोजना गरेको सङ्घीयताको चार वर्ष र नागरिकका अपेक्षा विषयक छलफलमा उनले सङ्घीयता कार्यान्वयनमा सबै उत्तिकै महत्त्वपूर्ण भूमिकामा रहने बताएका हुन् ।

‘सरकारले राम्रो काम गर्ने हो । प्रतिपक्षीले नराम्रो भयो भने देखाइदिने हो । उनले भने नागरिक सजक बन्नुपर्ने हो ।’ आफूहरू सङ्घीयता पछि सरकार र प्रतिपक्षी दुवैको भूमिकाको अनुभव बटुलेकाले अहिले सरकारमा आएकोले राम्रा काम गर्ने बताए ।

व्यक्ति आफ्नै सर्वैसर्वा ठान्ने प्रवृत्ति समाजमा व्याप्त रहेको उनको भनाई छ । ‘नेता उस्तै, अनि ताली दिनेको कमी छैन । उनले भने, सबै सचेत भएर लाग्नुप¥यो ।’ संघियता आएपछि विकास नै भएन भन्ने मानसिकता भने तोड्न उनको आग्रह छ । आर्थिक तथा सामाजिक क्षेत्रमा भइरहेको प्रगतिलाई पनि सङ्घीयताको उपलब्धिका रूपमा लिन सकिने मन्त्री कार्कीको भनाई छ ।

अहिलेको सरकार एक वर्षसम्म निर्धक्क चल्ने बताउँदै उनले अस्थिरताले पनि काममा बाधक बनाएको बताए । कानूनी अभाव र साना काममा पनि केन्द्रकै मुख ताक्नु पर्दा पनि समस्या हुने गरेको उनको भनाई छ ।

अहिले हिजोको भन्दा ठुलो प्रतिपक्षी रहेको उल्लेख गर्दै उनले प्रदेश नामकरणका सन्दर्भमा सहकार्य आवश्यक रहेको सङ्केत समेत गरे । हामीले थोरै व्यवस्थित गर्न सक्यौँ भने, नामाकरण पनि गर्न सक्छौँ, उनले भने राजधानीको संरचनालाई पनि हामीले एकरूपता दिन सक्छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर