परियोजनाको प्रदेश स्तरिय समिक्षा गोष्ठि शूरु

खबर पूर्वाञ्चल, १४ कार्तिक २०७८, आईतवार १८:२०

कुमोद अधिकारी
विराटनगर /प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रदेश १ स्तरिय प्रथम त्रेमासिक प्रगती समिक्षा गोष्ठि विराटनगर आजदेखि शुरु भएको छ ।

तीन महिनामा परियोजनाले गरेको प्रगती तथा समिक्षाका विषय छलफल गर्न परियोजना कार्यान्वयन इकाई मोरङले गोष्ठि आयोजना गरेको हो ।

गोष्ठिमा प्रदेश १ का १४ जिल्लाका परियोजना कार्यान्वय इकाई प्रमुख तथा ज्ञान केन्द्रका प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठिको उद्घाटन गर्दै प्रदश १ भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामानन्द तिवारीले परियोजनाले गरेको काम सन्तोष जनक भएपनि नतिजा देखिनेगरि कामको तथ्यांक वाहिर ल्याउन परियोजनालाई आग्रह गरे ।

उनले परियोजा सञ्चालन भएको ६ वर्षको अवधिमा परियोजनाका कारण कती किसान लभान्वित भए कति किसानले रोजगरी पाए तथा उत्तपादन कति वढ्यो त्यस्को यकिन तथ्यांक वाहिर ल्याउनुपर्ने वताए ।

परियोजनाले माछा उत्तपादनमा वृद्धि भएको यकिन तथ्यांक वाहिर ल्याउन सके भन्सार शुल्क वढाएर भएपनि वाहिरवाट आउने माछा रोक्न सकिने उनको भनाई थियो । परियोजना कर्यान्वयनलाई थप प्रभावकारी वनाउन परियोजनासंग प्रदेश सरकार समन्वय र सहकार्य गरेर अघि वढ्न चाहेको उनको भनाई थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई मोरङका प्रमुख विनोदकुमार मण्डलले परियोजना संचालनमा आएपछि प्रदेश १ मा व्यवसायिक पशुपालन तर्फ किसानको आकर्षण वढ्नुका साथै माछा फलफुल तथा कृषि उत्तपादन वढेको वताए । पर्याप्त वजेट नहुँदा किसानहरुले माग गरे अनुसार मेशनरी सामान परियोजनाले दिन नसकेको तथा परियोजनाले माग गरे अनुसार चक्लावन्दी खेतीका लागी निवेदन समेत नपरेको उनको भनाई थियो । उनले माछा पोखरी खन्दा दिने अनुदानमा एक रुपता हुनुपर्ने भन्दै माछा तथा धानजोन संचालनमा दोहरोपन नभएको प्रष्ठ पार्नुभयो । उनले परियोजनाले प्रदेस १ मा गरेको कामको समिक्षा तथा प्रगती विषयमा कार्यपत्र समेत प्रस्तुत गरे ।

परियोजना व्यवस्थापन एकाई खमलटारको वरिष्ठ कृषि अधिकृत मेघराज तिम्सिनाले परियोजनले संचालन गरेको वालीहरुको उत्तपादन वढाएर वाहिरवाट आउने वस्तुहरुको आयातमा कमि ल्याउनुपर्नेमा जोड दिए । परियोजना संचालनमा जनशक्तिको अभाव देखिएकाल त्यसलाई कुनै विधि अपनाएर जनशक्ति पुर्तिगर्ने उनले वताए । उनले मुलुकभरी परियोजनाले कसरी संचालन भएरहेकाछन त्यसवारेमा जानकारी गराए ।

माछा जोन संचालक समिति मोरङका संयोजक देवराज चौधरी तथा कृषिज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँव तथा कृषि अनुसन्धान केन्द्र तरहराका निर्देशक केशवप्रसाद श्रेष्ठले व्लकमा संचालन भएका परियोजनालाई जोनमा विस्तार गर्दै जानुपर्नेमा जोड दिए । गोष्ठी दुई दिनसम्म चल्ने छ । एउटा सुपरजोन सहित प्रदश १ मा ३७ वटा जोन संचालनमा छन् । परियोजनले १५ प्रकारका वालीलाई लक्षित गर्दै जोन संचालनमा ल्याएको छ । जोन संचालनमा आएपछि माछा धान अलैची मकै तथा फलफुलको उत्तपादन वढनुका साथै पशुपालन व्यवसायमा युवाहरुको आकार्षण वढेको पाइन्छ । जोन संचालनमा आएपछि पोखरी खन्न तथा कृषि मेशनरी सामानमा तथा पशुपाल तथा कृषिमा तथा सिचाइका लागी समेत अनुदान सहयोग उपलव्ध गराउँदै आएको परियोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५