खबर पूर्वाञ्चल
एभरेष्ट कलेजको फुटबल मैदानमा सम्पन्न भएको खेलमा २ का विरुद्ध ४ गोल गर्दै एभरेष्टले खेल जितेको छ ।
विद्यालयका अध्यक्ष विनोद ढकाल र प्रिन्सिपल टिकाराम पुरीले रेफ्रिलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा प्रिन्सिपल पुरीले भोली देखि हुन लागेको कार्निभलको अवलोकनका लागि विराटनगरका शिक्षण संस्थाका विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवि तथा शिक्षाप्रेमी महानुभावहरुलाई कार्निभल अवलोकनका लागि आह्वान समेत गर्नुभएको छ ।
एभरेष्ट कलेज परिसरमा हुने कार्निभलको अवलोकन आज विहान ११ः३० बजेदेखि अपरान्ह ५ सम्म गर्न पाइनेछ ।