animated ellipse animated ellipse

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७७, बिहीबार १९:३५
3
Shares
विराटनगर / सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने घोषणा गरेको छ ।

यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा यो रकम उपलब्ध गराइएको अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा जानकारी दिए । यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा खर्च गर्न सक्छन् । सशर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउने छन् । यो रकम भने केन्द्रबाट संचालित कार्यक्रम, कर्मचारीको तलव तथा तोकिएको आयोजनारकार्यक्रममा मात्र खर्च गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर