RUMPUM
animated ellipse animated ellipse

राजधानी युवा क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०८३, आईतवार १९:२२
3
Shares
विराटनगर /राजधानी युवा क्लब विराटनगर–३ ले आयोजना गरेको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा दुई समूहबाट विजेता र उपविजेता जोडी छनोट भएका छन्।

प्रतियोगिताको समूह ‘ए’ तर्फ लेखा अधिकृत ढकराज कटवाल र प्रदेश प्रहरी कार्यालयका नारायण खड्काको जोडी प्रथम भएको छ। यसै समूहमा नेपाल राष्ट्र बैंकमा कार्यरत सुजन बिक र प्रहरी सहायक निरीक्षक तारा बस्नेतको जोडी द्वितीय भएको छ।

त्यसैगरी समूह ‘बी’ तर्फ पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल र हिमालयन बैंकका शाखा प्रमुख रोशनबाबु सुवेदीको जोडी प्रथम भएको छ भने लेखा अधिकृत रोशन राउत र मालपोत कर्मचारी मणिराम ढकालको जोडी द्वितीय भएको छ।

आज सम्पन्न फाइनल खेलपछि आयोजित समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई मेडल र नगद पुरस्कारसहित सम्मान गरिएको थियो। फर्स्ट ग्रेभियरका सञ्चालक दीपक गौतम, क्लबका अध्यक्ष राजु ढकाल र खेल संयोजक नवराज काफ्लेले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको उद्घाटन जिल्ला अदालत मोरङका न्यायाधीश केशव घिमिरेले गरेका थिए।

क्लबले सदस्यहरूबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आन्तरिक प्रतियोगिता आयोजना गरेको हो। विभिन्न पेसा र क्षेत्रमा आबद्ध व्यक्तिहरूको सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर