पूर्वाञ्चल खबर
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले आज राती १२ बजेदेखि असार २१ गते राति १२ बजेसम्म जिल्ला भर लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हन् ।
अहिले अवस्थामा खुकुलो पार्दै जारी निषेधाज्ञा आदेश अनुसार अब विहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अधिकांश क्षेत्र खुला रहने छ । अहिले दिउँसो १२ बजेसम्म मात्र बजार पसल खुला हुने गरेको थियो । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै बजार पसल खोल्न भनिएको छ ।
