AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा २ सय ११ सहित प्रदेश १ मा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७७, मंगलवार १७:४६
1.12k
Shares
विराटनगर / सुनसरीको धरानमा २ सय ११ सहित प्रदेश १ मा आज ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ११ हजार १ सय ७० पुगेको छ ।

सुनसरीमा ३ सय ४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा देखिएको ३ सय ४४ मध्ये धरानमा मात्र २ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १ सय ३० पुरुष छन् । सुनसरीकै इटहरीमा १ सय १९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यता मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १/१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १/१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर