दुई छात्रालाई नन्दकुमारी चापागाईं स्मृति छात्रावृत्ति प्रदान

खबर पूर्वाञ्चल, १८ पुष २०७९, सोमबार १८:३३
270
Shares

विराटनगर / विराट धर्मशास्त्र संग्राहलय एवं पुस्तकालयले सामुदायिक विद्यालयका छात्रालाई पुरस्कृत गरेको छ ।

पुस्तकालयको वार्षिक साधारणसभा तथा समाजसेवी लेखनाथ चापागाईंको ९७ औं जन्मजयन्तीको अवसर पारेर आज आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने दुईजना छात्रालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा ५ हजार नगद राशिको नन्दकुमारी चापागाईं स्मृति छात्रवृत्ति पोखरिया उच्च माविमा अध्ययनरत सविया सहनी र गोग्राह माविमा अध्ययनरत नेहा उराँवलाई प्रदान गरिएको थियो । उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंलगायतले माला लगाएर प्रशंसापत्र र नगद प्रदान गर्नु भएको थियो ।

समारोहमा मेयर कोइरालाले विराट धर्मशास्त्र संग्राहलयको संरक्षण र सम्वद्र्धनमा महानगरपालिका गम्भीर रहेको बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समाजसेवी माधवप्रसाद अत्रि, साहित्यकार दिङ्लाली कान्छो, प्रतिमा निरौला, पुरुषोत्तम न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पुस्तकालयले हरेक दुई वर्षमा ५० हजार राशिको लेखनाथ चापागाईं स्मृति पुरस्कारसमेत वितरण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५