AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कला संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा मेयर कोइरालाको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०८०, बुधबार १८:३९
63
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल मगर संघ विराटनगर महानगर समितिले आयोजना गरेको ३१ दिने नौमती बाजा प्रशिक्षण एवं मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताए । उनले आफ्ना मौतिक कला र संस्कृतिलाई भुलेर पाश्चात्य संस्कृतिसित जोडिन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे । “आफ्नो कला र संस्कृतिको संरक्षणमा हामी आफैं लाग्नुपर्छ,” उनले भने, “हामीले आफ्ना मौलिक संस्कृतिलाई बिर्सिन लागिसकेका छौं । यस्ता प्रशिक्षणले कला संस्कृतिको संरक्षणमा सहयोग पुग्ने मैले विश्वास लिएको छु ।”

कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरी, स्नातकोत्तर क्याम्पसका प्रमुख ढकबहादुर मगर, आयोजक संस्थाका अध्यक्ष कुबेरबहादुर मगर, सचिव ममता मगरलगायतले जन्मेदेखि विभिन्न शुभकार्यमा नौमती बाजा प्रयोग हुने गरेको बताए । उनीहरुले प्रशिक्षण लिएर स्वरोजगार बन्न सकिनेमा समेत जोड दिए ।

विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा ३२ जना सहभागी छन् । प्रशिक्षणपछि उनीहरुलाई दुई समूहमा बाँडेर व्यावसायिक रुपमा आयआर्र्जनमा लाग्ने संघका अध्यक्ष कुबेरबहादुर मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर