RUMPUM
animated ellipse animated ellipse

विराटनगरको उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपाने को हुन् ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७९, आईतवार १६:२७
4.19k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी नमिता न्यौपानेको जन्म २०३८ असार २ गते मोरङको केराबारीमा भएको हो । उनको सामान्य परिवारमा जन्न भएको थियो । बुवा कर्णाखर र आमा देबकुमारी न्यौपानेको छोरी हुन् ।

मचिन्द्र माविबाट प्लस टु उत्तिर्ण गरेकी उनले राजनैतिक शास्त्रमा स्नाकोत्तर गरेकी छिन् । धरानको महेन्द्र क्याम्सबाट कानुनमा स्तानक गरेकी न्यौपानेले विद्यार्थीबाट राजनैतिक सुरु गरेकी हुन् । अनेरास्वीयुको केन्द्रीय सदस्य हुदै २०६३ नेकपा माओवादी केन्द्रमा आवद्ध भइन् । अनेरास्वीयु क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य हुदै २०६८ मा माओवादी केन्द्रको क्षेत्रीय सचिव, क्षेत्रीय अध्यक्ष हँुदै विराटनगर महानगरपालिकाको सचिव भएकी थिइन् ।

उनी विभिन्न समाजिक संघसंस्थाहरूमा पनि आवद्ध छिन् । इन्टरनेश्नल लायन्स क्लब, घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ महिला उद्यम समितिको अध्यक्ष पनि रहेकी छिन् ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र संघिय समाजवादी पार्टीबीच भएको गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेलामा ११ हजार ५ सय मत ल्याएर दोस्रो भएकी थिइन् । उनको त्यसबेलमा निर्णायक मत बदर भएको थियो ।

नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव रहेकी न्यौपानेले महानगरमा काँग्रेसले आफूहरुको अस्थित्व स्वीकार नगरेको र वडा तहमा गठबन्धन गर्न तयार नभएकोले कार्यकर्ताकै सुझाबमा स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छन् । पार्टी केन्द्रले गठबन्धनको निर्णय गरेकोले पार्टीमै रहेर उम्मेदवार बन्नसक्ने अवस्था नभएपछि सचिवबाट राजिनमा दिएर माओवादी केन्द्रसँग विद्रोह गर्दै चुनावी मैदानमा होमिएकी हुन् ।

स्थानिय तहमा संविधानले ग्यारेन्टी गरेको महिला सहभागिताको सुनिश्चिता गर्नको निमिक्त आफुले उम्मेदवारी दिएको उनले बताइन् । ‘विराटनगर महानगरपालिकाको सुशासनसहित विराटनगरको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको छु,’ उनले भनिन् । आफुले जिते न्यायिक समितिलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गरी नगरबासीलाई न्यायको अनुभूति गराउने उनले बताइन् ।

‘मेलमिलापको माध्यमबाट विवादहरुको समाधान गरिने छ । न्यायिक समितिमा आएका विवाद र मुद्दाहरु सकेसम्म महानगरबाटै फस्र्यौट गरी अदालत पुग्ने अवस्था अन्त्य गरिने मेरो योजना रहेको छ,’ उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर