चोरीको ३६ केजी चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०८०, बिहीबार २१:०५
315
Shares

विराटनगर / मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरिएको मोरङ प्रहरीका एसपी दिपक पोखरेलले जानकारी दिए । पक्राउ परेका प्रतिवादी र बरामद गरेको चाँदीसहित तीन जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

गत जेठ ३ गते विराटनगर महानगरपालिकाका वडा नम्बर ३ पिपल चोकका जयकिशोर चौधरीको घरमा चोरी भएको र त्यसको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लगातार सात दिनको निगरानीपछि उनीहरूलाई विराटनगर–१२ स्थित कोशी प्रोजेक्ट क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूले चोरीका सामान भारतीय बजार लगेर बिक्री गर्ने गरिएको डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । बरामद सुनचाँदीको मूल्य ६१ लाख बराबर रहेको प्रहरीले जनाएको छ । चोरी गरिएको सुन भारत लगेर बिक्री गरिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५