इटहरीले अनुगमनलाई तिव्र बनायो

खबर पूर्वाञ्चल, १६ बैशाख २०७८, बिहीबार १८:४५

इटहरी / इटहरी उपमहानगरले वजार अनुगमनलाई तिव्र वनाएको छ ।

उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा वजारमा अनुगमन गरिएको छ ।

आपगाँछीका २ र तरहराका ७ गरि ९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले वरामद गरि नष्ट गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईका अनुसार कोकाकोला,स्प्रिाइट,रियल जुस,हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले वरामद गरि नष्ट गरिएको हो । इटहरीमा निरन्तर वजार अनुगमन गरिने उपमेयर गौतमले वताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५