हरेक क्षेत्रमा अपांगको प्रतिनिधित्व र पहुँचका लागि लड्छु : डा.कोइराला

खबर पूर्वाञ्चल, २९ कार्तिक २०७९, मंगलवार १९:३४
90
Shares
विराटनगर/ नेपाली कांग्रेसका प्रभवशाली नेता डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन् ।

विराटनगर–४ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक–बाम गठबन्धन मोरङ–६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कोइरालाले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे । उनले आफूलाई चुनाव जिताए अपाङ्गता भएका व्यक्तिहरुलाई हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कोइरालाले आपाङगता भएका शिक्षित बेरोजगारहरुलाई समेत रोजगारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन आफू लागिपर्ने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५