AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सत्यनारायण र सरस्वती अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०७९, बुधबार १७:३६
1.44k
Shares
राइजिङ नेपालविरुद्ध हाफ सेन्चुरी प्रहार गरे पछि अविभवाद गर्दै सत्यनारायण स्कूलका ब्याटर आकाश यादव । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / सत्यनारायण स्कूल र सरस्वती स्कूल अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा विजयी हुँदै सत्यनारायण र सरस्वती उपाधि नजिक पुगेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे । राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए ।

१ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सवै विकेट गुमाउँदै ४५ रनमा सिमित भयो । जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका कृष्ण यादन र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए ।

बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वती स्कूलले बुढानिलकण्ठ स्कलले ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाई १ सय ९५ रनको विशाल स्कोर खडा गरेको थियो । जस्मा म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए । बुढानिलकण्ठका कादिर शेखले ३ वकेट लिँदा विकाश मण्डले २ विकेट लिए ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सवै विकेट गुमाई १ सय १५ रनमा समित भयो । जस्मा बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए । सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर