मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडातर्फ

खबर पूर्वाञ्चल, २९ असार २०७७, सोमबार २१:२६

विराटनगर / संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ क सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले त्यसतर्फ प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्रीसहित सङखुवासभाको चित्रेडाँडामा प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईसंग पहिलो लटमा हेकिप्टरमा टेन्ट, चामल, तेल , दाल, नूनलगायतका खाद्यान्न सामाग्री रहेको छ ।

पहिरो पीडितहरुलाई आवश्यक खाद्यान्न लगायतका राहत सामाग्री सहयोग पु¥याउन नेपाली सेनाको हेलिकप्टर आज मौसम सफा रहेमा दोश्रो लटको समेत उडान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५