खबर पूर्वाञ्चल
विराटनगर–४ स्थित खार्जीमा रहेको संचारग्राम संचालनका लागी रेडियो नेपाल र महानगरपालिका विच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
संचार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीको उपस्थितिमा सिहदरवार स्थित रेडियो नेपालमा भएको सम्झदारी पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिवहादुर केसी तथा विराटनगर महानगरपालिकाको तर्फवाट प्रमुख प्रसासकिय अधिकृत उमेश वस्नेतले हस्ताक्षर गरे ।
मन्त्री कार्कीले विराटनगरमा निमार्ण भएको तारिणिप्रसाद कोइराला संचारग्राम मुलुककै नमुना संचार ग्रामको रुपमा स्थापित हुने वताए । सवै प्रदेशमा संचारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो संचारग्रामको निमार्ण ऐतिहासिक भएको बताउँदै यसको विकासका लागि मंत्रालयले नितिगत र निर्णयगत सहयोग गर्ने वताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारिणिप्रसाद कोइरालाको भुमिका र उहाँको सम्मानमा स्थापना गरिएको संचारग्राम नेपालको लागी नमुना र महत्पुर्ण संचारग्रामको रुपमा स्थापित हुने वताए ।
मेयर पराजुलीले रेडियो नेपालको स्थापना दिवसको अवसर पारेर महानगर एफएफ र संचारग्राम एकैसाथ संचालनमा ल्याउने तयारी भइरहेको वताए ।
रेडियो नेपालका कार्यकारी निर्देशक केसीले तारणीप्रसाद कोइराला स्मृति संचारग्राम पूर्वी नेपालको महत्त्वपुर्ण डिजिटल प्लेटफर्मको रुपमा स्थापित वताए । उनले रेडियो नेपालको वार्षिक उत्सवको अवसरमा चैत– २० गतेदेखि संचारग्रामा संचालनमा ल्याउन तयारी अन्तिम चरणमा पुगेको समेत बताए ।
संचारग्रामको रेडियो नेपालको प्रादेसिक प्रसारण सेवा संचालनका साथै क्रियाशिल संचारकर्मीहरुको क्षमता अभिवृद्धिकालागि तालिम संचालन, महानगर एफएम संचालन, गीत संगित तथा श्रव्य सामाग्री उत्तपादन गीत रेकर्डिङ तथा पूर्वेलीकला सस्कृति र सृजनाको व्यावसायिक रुपमा प्रवद्धन गर्ने लगायत उदेश्य रहेको छ ।