बुधबारे जेसीजद्वारा सुरक्षाकर्मीलाई माक्स सेनिटाइजर वितरण

खबर पूर्वाञ्चल, ३१ बैशाख २०७८, शुक्रबार १५:२२

बुधबारे / बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज माक्स सेनिटाइजर वितरण गरेको छ ।

‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा माक्स सेनिटाइजर प्रदान गर्ने कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।

कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५