RUMPUM
animated ellipse animated ellipse

पत्रकार महासंघ मोरङको जिल्ला अधिवेशन मंसिर १९ गते हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ आश्विन २०७७, आईतवार २१:४१
243
Shares
विराटनगर / नेपाल पत्रकार महासंघ मोरङको १३ औं अधिवेशन आगामी मंसिर १९ गते हुने भएको छ ।

पत्रकार महासंघ मोरङको आज बसेको कार्य समितिको बैठकले केन्द्रको सर्कुलर अनुसार मंसिरको १९ गते अधिवेशनको मिति तोकिएको अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।

कार्य समितिको बैठकले नविकरण शुल्क तिरेको र क्रियाशिलताको अध्ययन गरी सदस्यता नविकरणको सिफारिस गर्ने, सदस्यता शुद्धीकरण, नवीकरण र वितरण समितिले सिफारिस गरेको पुराना सदस्यहरुको शुद्धीकरणमा परेको नामावलीको विषयमा पुःन समितिसँग छलफल गरी नविकरणको सिफारिस गर्ने र कोभिड–१९ बाट संक्रमित सबै संचारकर्मी तथा सर्वसाधरणको स्वास्थ्यलाभको कामना गर्दै कार्य स्थलमा खटिने संचारकर्मीहरुले आवश्यक सुरक्षाका उपाय अवलम्वन गर्न आव्हान गर्ने निर्णय गरेको सचिव अर्जुन आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर