AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल गणित समाज गठन, अध्यक्षमा सह-प्राडा राउत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ श्रावण २०७७, आईतवार २०:४७
3
Shares
विराटनगर, / नेपाल गणित समाज प्रदेश नम्बर १ गठन भएको छ ।

समाजको अध्यक्षमा सह-प्राडा मनोज राउत रहेका छन् । समाजको केन्द्रीय अध्यक्षता प्राडा चेतराज भट्टको प्रमुख आतिथ्यमा भर्चयुल बैठकबाट समिति गठन भएको हो । राउता समाजको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष राउतले प्रदेश १ का सम्पूर्ण गणितका प्राध्यापकहरु प्रति धन्यवाद ब्यक्त गर्दै गणितलाई सरलिकरण, सहजिकरण र सबलिकरण गर्दै जनस्तरले बुझ्ने बनाउने प्रतिबद्धता जनाए ।

अध्यक्ष राउतले सल्लाहकार सदस्यहरु प्राडाहरू राजनारायण यादव, राजुराम थापा, केन्द्रीय अध्यक्ष प्राडा चेतराज भट्ट लगायतको समिति, गणित केन्द्रीय बिभाग प्रमुख तथा निवर्तमान अध्यक्ष प्राडा टंकनाथ धमला, पुर्व अध्यक्षज्यू प्राडा भद्रमान तुलाधर सहित सबै गुरुहरु एवं काठमाडौ विवि स्कुल अफ साईन्सका डिनका प्राडा कन्हैया झा, प्राडा नारायण पहारिलगायत अग्रजहरुले देखाएको बाटोमा समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर